site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement

नेपालको संघीय संसद् विशेषगरी प्रतिनिधि सभाको क्रियाकलापमा उमेरसँगै ‘अल्लारेपन’ पो बढ्दै गएको देखियो । विसं २०४८ ताकाका भन्दा २०८० का सांसदहरूको प्रस्तुति अपरिपक्व र हलुका देखिनु दुःखद विडम्बना हो ।

प्रतिनिधि सभामा केही दिन यता उठेका मुर्रा भैँसी, नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण, बजेटमा करको गोपनीयताजस्ता विषयमा भएका बहसको स्तर हेर्दा सांसदहरू स्वयंले ‘आत्मविवेचना गर्नु’ उचित हुनेछ । प्रस्तुतिको विषय र शैलीले त तिनको उपहास गरेकै छ ।

हुनत, राजनीतिमा उमेर वा अनुभवभन्दा बढी पात्रकै प्रकृतिका कारण परिपक्वता देखिने गर्छ । तर, अनुभव एवं संसदीय अभ्यास र उमेरले परिपक्व बनाउने अपेक्षा गर्नु पनि अनुचित त होइन । यद्यपि, नेपालका हकमा यस्तो अपेक्षा दिवास्वप्न हुनपुगेको छ ।

Dabur nepal
Agni Group

विषयको गम्भीरता नबुझी बोल्ने, सस्ता चर्का कुरा गर्ने र निजी अहम् तुष्टिका लागि संसद्को दुरुपयोग गर्ने प्रवृत्ति निकै बढेको देखिएको छ । हुँदाहुदा हल्लाका भरमा संसद्को बैठक अवरूद्ध पार्नु पनि सामान्यजस्तै भइसक्यो ।  

यस्तै, कुनै पनि विषयमा ‘चियाको कपमा आँधीबेहेरी’ ल्याउने र ‘कर्कलाको पातको पानी’जसरी फास्सफुस्स बनाउने उदाहरण प्रतिनिधि सभा बन्न पुगेको छ । संसद् चल्न नदिन र खोल्ने सहमति गर्न कुनै चित्तबुझ्दो तर्क पनि नचाहिने रहेछ १

प्रतिनिधि सभाको प्रस्तुतिमा सदस्यहरूको योग्यता र सरकारको सहयोगका साथै सभामुखको कौशलको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । त्यसका साथै सभामुखको व्यक्तित्वले पनि सदनलाई गम्भीर र गरिमामय बनाउन सहयोग गर्छ । 

नेपालका सांसदहरूको प्रस्तुति हेर्दा उमेर र अनुभवले व्यक्तिलाई परिपक्व एवं जिम्मेवार बनाउने सामान्य मान्यता नै गलत साबित भएको देखिन्छ । सदनका पाका र तीस वर्षको अनुभव भएका सदस्यहरूको व्यवहारमा समेत अपरिपक्वता देखिनु दुःखद विडम्बना हो ।

सार्वभौम संसद् यसरी नै कसैको कुण्ठा प्रकट गर्ने थलोमा सीमित हुने हो भने शासन पद्धिकै औचित्यमा प्रश्न उठाउनेहरू थप हौसिनेछन् । अर्कातिर संसदीय प्रस्तुतिकै कारण अल्लारे प्रवृत्ति देखाइरहने  स‍ांसदहरूप्रति पनि जनविश्वास गुम्ने निश्चितै छ । 

पुराना दलबाट केही आशालाग्दा नयाँ अनुहार संसद्मा पुगेका छन् । केही नयाँ दलको पनि संसद्मा प्रभावकारी उपस्थिति देखिएको छ । यसैले बूढो सुगाले नपढे पनि नयाँ सांसदहरूले परिपक्वता र गम्भीरता देखाए संसद्को ‘अल्लारेपन’ यसरी छताछुल्ल हुनेछैन ।

राजनीति गर्नेका आआफ्नै चाहना होलान् तर करदाता भने संसद् सञ्चालनमा भएको खर्च अहिलेजसरी नै दुरुपयोग भएको पक्कै रुचाउँदैनन् । यसैले धेरै केही गर्न नसके पनि सांसदहरूले गम्भीरता र परिपक्वता देखाउने तथा विषय बुझेर शालीन शैलीमा बोल्ने अपेक्षा गर्नु अत्युक्ति नहोला ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro