site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर : कसलाई कुन जिम्मेवारी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तर पार्टी निर्देशन जारी गर्दै नयाँ जिम्मेवारी अनुसार नेताहरूलाई कार्य क्षेत्रमा खटिन निर्देशन दिएका छन् । जसमा उपाध्यक्षहरूलाई पार्टीका ३३ विभागको समन्वयको जिम्मेवारी दिइएको छ । पार्टीका ६ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थायी कमिटी र पोलिटब्युरो सदस्यलाई जिल्लाको इन्चार्ज तोकिएको छ । केन्द्रीय सदस्यहरूलाई भने स्थानीय तहको जिम्मेवारी दिइएको छ ।

यसअघि केन्द्रीय केन्द्रीय कमिटी सदस्यलाई जिल्ला सह इन्चार्जको जिम्मेवारी दिइन्थ्यो । अहिले भने एमालेले नेताहरूलाई फरक भूगोलमा खटाएको छ । 

Global Ime bank

एमालेले केही महिना अघि चलाएको ग्रास रुट अभियानबाट प्राप्त सुझाव अनुसार पार्टीलाई सबल र सुदृढ बनाउन नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको जनाएको  छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय