site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौं : ओली
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारुढ दलहरूले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए ।

ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकीर समेत गरे ।

"बजेट सच्याएवापत सरकार असफल भयो भन्दैनौं हामी । सच्याउनुस बजेट । सरकार असफल भयो, सरकारले बजेट फेर्‍यो भन्दैनौं हामी । सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस् । हामी साथ दिन्छौँ । तर सत्ता अहंकारले बजेटमा कमा, फुलिष्टप फेरिदैन । हामी जो बाहुबली छौँ । टेर्दैनौं भन्नु हुन्छ भने परिणामले तपाईलाई सत्ता अहंकारबाट तपाईको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ," उनले भने ।

अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दाबी समेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro