site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चर्च ब्वाइज लिग च्याम्पियन, मनाङको कीर्तिमानसँग बराबरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत वर्ष ‘बी’ डिभिजन लिगमा च्याम्पियन बनेर शीर्ष लिगमा पाइला टेकेको चर्च ब्वाइज युनाइटेडले मंगलबार थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै एक खेलअगावै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।

लिगको अन्तिम खेलमा चर्च ब्वाइजले खुमलटारसँग प्रतिस्पर्धा गर्नेछ । उपाधि होडमा रहेको अर्को टिम हो, साविक विजेता मछिन्द्र । मछिन्द्रले अब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाविरुद्ध खेल्न बाँकी छ ।

चर्च ब्वाइजले आजको बराबरीसँगै ४५ अंक जोडेको छ । दुई खेल खेल्न बाँकी हुँदा मछिन्द्रको ३९ अंक छ । दुई क्लबबीच ६ अंकको अन्तर छ । लिगमा ६ अंकको खेल बाँकी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसकारण चर्च ब्वाइजको उपाधि पक्का भएको हो । कारण, मछिन्द्रले बाँकी दुवै खेल जित्नुका साथै चर्च ब्वाइजले अन्तिम खेल हारे पनि अंक बराबर हुनेछ ।

लिगको नियमावलीअनुसार अंक बराबर भएमा ‘हेड टु हेड’का आधरमा निर्णय हुनेछ । ‘हेड टु हेड’मा चर्च ब्वाइज अगाडि छ । चर्च ब्वाइजले पहिलो चरणमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो चरणमा २–१ ले विजय हासिल गरेको थियो । त्यसकारण, आज चर्च ब्वाइजले उपाधि पक्का गरेको हो ।

Global Ime bank

यससँगै लिगमा नयाँ विजेता थपिएको छ । साथै चर्च ब्वाइजले मनाङ मर्स्याङ्दीको कीर्तिमानसँग पनि बराबरी गरेको छ । त्यो कीर्तिमान हो, ‘सी’ डिभिजनबाट लगातार च्याम्पियन हुँदै शीर्ष डिभिजन लिगको उपाधि जित्ने ।

यसअघि मनाङले २०४३ सालमा यस्तो सफलता हासिल गरेको थियो । फरक मात्र यत्ति हो की त्यतिबेला ‘डी’ डिभिजन हुन्थ्यो भने अहिले ‘सी’ डिभिजन क्वालिफायर हुन्छ । बस्, मनाङ र चर्च ब्वाइजको सफलतामा यत्तिमात्र फरक हो । मनाङले ‘डी’ डिभिजन खेल्यो भने चर्च ब्वाइजले ‘सी’ डिभिजन क्वालिफायर ।

चर्च ब्वाइज २०७६ सालमा ‘सी’ डिभिजन लिगको हैसियत हासिल गर्नु अघि पाँच पटक छनोट प्रतियोगितामा असफल भएको थियो । २०६६ सालमा स्थापना भएको चर्च ब्वाइज जब ‘सी’ डिभिजन लिगमा बढुवा भयो, त्यसपछि भने क्लबले पछाडि फर्केर हेर्नु परेको छैन । तेस्रो डिभिजनमा बढुवा भएकै वर्ष ‘सी’ च्याम्पियन बन्दै चर्च ब्वाइज ०७७ सालमा ‘बी’ डिभिजन लिगमा उक्लिएको थियो ।

त्यहीँ च्याम्पियन लय कायम राख्दै चर्च ब्वाइजले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा एक खेल अगावै उपाधि पक्का गरेर शीर्ष डिभिजनको लिगमा बढुवा भएको थियो । आज पनि चर्च ब्वाइजले एक खेल अगाडि शीर्ष डिभिजन लिगको उपाधि जितेको छ ।

‘ए’ डिभिजन लिगको उपाधि मनाङले सबैभन्दा धेरै आठ पटक जितेको छ । रानीपोखरी कर्नर टिम (आरसीटी)ले ६ पटक उपाधि जितेको छ । नेपाल पुलिस क्लबले पाँच पटक उपाधि जितेको छ । विभागीय टिम पुलिसले पहिले पुलिस फोर्सको नाममा लिग खेल्थ्यो। तर अहिले नेपाल पुलिसको नाममा खेल्छ । बीचमा एकपटक महेन्द्र पुलिस क्लबको नामबाट पनि खेल्यो ।

चार पकट उपाधि जित्नेमा एनआरटी छ । तीनपटक उपाधि जित्ने तीन क्लब छन् । ती हुन्, थ्रीस्टार, संकटा र महाबीर–११ । देउराली क्लब, अन्नपूर्ण क्लब र मछिन्द्रले समान दुई पटक लिग जितेका छन् । सुनाखरी एथ्लेटिक्स, ब्वाइज युनियन, फ्रेण्ड्स युनियन, विद्या ब्यायाम र सैनिक–११ ले एक एक पटक उपाधि जितेका छन् ।

यता बराबरीसँग थ्री स्टारको रेलिगेशनमा पर्ने सम्भावना भने कायमै रहेको छ । अन्तिम खेलअघि थ्री स्टारको २९ अंक छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC