site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने एमालेको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट बनाउँदा अर्थमन्त्री प्रकाशशरण महतले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिवर्तन गरेको भन्दै संसद् सञ्चालनमा अवरोध गरेको छ ।

सञ्चारमाध्यममा सोसम्बन्धी समाचार प्रकाशन प्रसारण भएपश्चात् एमालेले त्यसको विरोध गरेको हो ।

Argakhachi Cement Island Ad

पार्टी प्रमुख सचेतक पदम गिरीले बजेट बनाउँदा अर्थमन्त्री प्रकाशशरण महतले करका दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय सञ्चार माध्यममा आएको भन्दै त्यसको सत्यतथ्यको माग एमालेले गरेको उनले जानकारी दिए ।

गिरीका अनुसार सत्यता जाँच गर्न एमालले संसदीय छानबिन समिति गठन हुनुपर्ने र यथार्थ सार्वजनिक गरिनुपर्ने माग एमालेको छ ।

“सञ्चारमाध्यममा आएको कुराको सत्यता छानबिन गर्न छानबिन समिति गठन हुनुपर्छ । समिति गठन नभएसम्म संसद् चल्न सक्दैन,” उनले भने, “हामी छलफलमा छौँ । सहमति भएको छैन ।”

एमालेले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्