site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गर्मी मौसममा कस्ता खानेकुरा खाने ? के नखाने ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । गर्मी बढेसँगै धेरैलाई खाना रुचि नहुने, मुख र घाँटी सुख्खा भइराख्नेजस्ता समस्या देखिन सक्छन् । कतिपय मानिसहरु घरबाहिर रहने र व्यस्तताका कारण पर्याप्त पानी पिउन नपाउने हुँदा पनि धेरै स्वास्थ्य समस्या हुने गरेको पाइन्छ ।

गर्मीयाममा कस्ता खानेकुरा खाएर स्वास्थ्यलाई सन्तुलनमा राख्ने त ? यस विषयमा विश्व स्वास्थ्य संगठनले केही सुझावहरु दिएको छ ।

गर्मीयाममा जेसुकै खाए पनि पर्याप्त पानी पिउनु स्वास्थ्यलाई सन्तुलनमा राख्ने पहिलो एवं प्रमुख उपाय हो । गर्मीमा शरीरमा पानी र ऊर्जाको सन्तुलन मिलाउन पर्याप्त पोटासियम भएका खानेकुरा खानुपर्छ । त्यसमा एभोकाडो, केरा, पाकेको फर्सी, ड्राई फ्रुट्स, साग, ब्रोकाउली, सिमीजस्ता खानेकुरा पर्छन् ।

Agni Group

फलफूलमा भने खर्बुजा, स्ट्रबेरी, ऐँसेलु, काफल, आरु, आलुबखडाजस्ता खानेकुराले शरीरमा छिट्टै पानीको मात्रा फैलाउन सहयोग पुर्‍याउँछन् । नरिवलको पानी गर्मीमा शरीरलाई सन्तुलनमा राख्ने एक प्रमुख खाद्य हो । यसले शीतल गराउने मात्र नभएर शरीरमा पर्याप्त मिनरल्स र भिटामिनको मात्रा पनि पुर्‍याउँछ ।

कागती, बेल, भुइँकटहरजस्ता भिटामिन सीयुक्त फलफूलले नशाहरुलाई सन्तुलनमा राख्न र शरीरबाट विकार पदार्थ बाहिर निकाल्न पनि मद्दत गर्ने भएकाले यस्ता खाद्य गर्मीयाममा फाइदाजनक छन् ।

Global Ime bank

त्यस्तै, गर्मीयाममा परावैजनी किरणबाट छालामा हुनसक्ने जोखिमहरु कम गर्न गोलभेडा, गाजर, सागका प्रकारहरु, धनियाँजस्ता खानेकुरा फाइदाजनक हुन्छन् । खानामा हरियो तरकारीसहितको सलाद खानाले पानीको मात्रासँगै भिटामिन र मिनरल्सको मात्रा शरीरमा सन्तुलन गर्छ । यसबाहेक घरमै बनाएका, ताजा खानेकुरा नै गर्मीयाममा स्वस्थकर हुन्छन् ।

गर्मीमा के नखाने ?

गर्मीयाममा मसालेदार, छोप धेरै राखिएका र पिरो खानेकुरालाई सधैँ टाढा राख्नुपर्छ । नुनलगायत सोडियमयुक्त खाना बढी खाँदा उच्च रक्तचाप हुने, डिहाइड्रेसन तथा मिर्गौलालाई पनि असर पुर्‍याउन सक्छ ।

गर्मीमा चिया, कफीलगायतका पेय पदार्थलाई टाढै राख्नुपर्छ । यस्ता खानेकुराले पाचन प्रक्रियालाई अवरोध पुर्‍याउँछन् ।

मसालेदार, चिल्लो र पिरोयुक्त खानेकुराले शरीरलाई तताउने मात्र नभएर छालालाई समेत सुख्खा बनाउने हुँदा गर्मीयाममा यस्ता खानेकुरा कम खानु पर्छ ।

त्यस्तै, तारेका खानेकुरा र जंक फुड गर्मीयाममा मात्रै नभएर सधैँ स्वास्थ्यका लागि अति हानिकारक हुन्छन् । विशेषगरी गर्मीमा यस्ता खानेकुराले तुरुन्तै फुड पोइजनिङ गराएर आन्द्रामा विभिन्न संक्रमण गराउन सक्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC