site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने मौद्रिक नीति आउँछ : गभर्नर
फाइल तस्बिर।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने गरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्ने गरी आउने बताए । 

आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्ने तयारी रहेको उनले बताए । मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता, मौद्रिक विस्तार र निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई ख्याल गरेर तय गर्ने बताउँदै उनले मौद्रिक नीतिको लागि राय सुझावहरु लिन सुरु गरिएको बताए । 

गभर्नर अधिकारीले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको प्रशंसा गरे । सरकारले राम्रो बजेट ल्याएको भन्दै उनले त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्ने गरी मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाए । 

“बजेटमा जुन आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्य छ । त्यसलाई परिपूर्ति गर्ने गरी राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिको तयारी गरिरहेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्छौँ,” उनले भने, “मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता के हो । मौद्रिक विस्तार कति हुनुपर्ने हो, निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई खाल गरेर मौद्रिक नीति तय हुनेछ । मौद्रिक नीतिको लागि आजदेखि नै रायसुझावहरु माग्न थालेका छौँ ।”

गभर्नर अधिकारीले यो वर्ष राजस्वमा परेको दबाब न्यूनीकरण गर्न धेरै काम भएको बताए । सरकारले ल्याएको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको बताउँदै उनले बजटले भनेजस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य भने पूरा हुने समस्या रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro