site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोभिड नियन्त्रण र विकास निर्माणमा ओली सरकार असफल थियो : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओली सरकार कोभिड नियन्त्रण र विकास निर्माणमा असफल भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै कार्कीले देउवा सरकारले कोभिड नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

“कोरोनाको समयमा ओली सरकारले कसरी काम गर्‍यो, त्यसमा फेरि विवेचना गरौंला । तर, कोरोना महामारीलाई नियन्त्रण गर्न ओली सरकार जसरी असफल भयो त्यसैगरी विकास निर्माणका लागि पनि असफल भयो । कोरोनाको समयमा माननीय शेरबहादुर देउवाजीले सफल लिँदै गर्दा मुलुकको लक्षित जनसंख्याको पहिलो डोज लिने ११ प्रतिशत थिए । दोस्रो डोज लिने ४.७ प्रतिशत थिए,” उनले भने, “त्यस बेला सरकारको प्राथमिकतामा माननीय शेरबहादुर देउवाले खोप, खोप, खोप भनेर उच्चारण गर्नु भएको थियो । उहाँले कार्यकाल पुरा गर्दै गर्दा पहिलो डोज खोप लगाउनेको संख्या ९५.७ प्रतिशत नेपाली नागरिकले खोप लगाएका थिए । दोस्रो ८३ प्रतिशत जनताले खोप लगाएका थिए ।”

नारा र भाषणले जनताको समस्या समाधान नहुने पनि उनले बताए । कृषिको विकास लागि सरकारले ध्यान दिनुपर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro