
काठमाडौं । करको विषयलाई लिएर लगातार आन्दोलन गरेका लगानीकर्ताहरूले सरकारसँग सहमति गरेपछि लगानीर्ता हौसिएका थिए । लगानीकर्ता करको विषयमा स्पष्ट भएपछि आइतबार नेप्से एकै दिन ५३ अंक बढेको थियो ।
दुई दिनमा नेप्से ६९.५८ अंक वृद्धि भएको थियो । तर, सोमबार नेप्से परिसूचक १७.३८ अंक घटेर १९०१.९९ विन्दुमा रोकिएको छ ।
आज दिन एक अर्ब ९७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । लगातार दुई दिन बढेपछि लगानीकर्ताहरू बिक्री गर्नतर्फ लाग्दा परिसूचक घटेको देखिन्छ ।
आज २७७ धितोपत्रको ५६ लाख २० हजार ३८१ कित्ता खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । शिवम् सिमेन्टको आज सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको १९ करोड ८९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको हो ।
कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ । यस समूहको २.४६ प्रतिशतले घटेको हो ।