site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
कुनै हतियारको दौड होइन एआई 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईले गर्न नसक्ने कामको दायरा दिनप्रतिदिन कम हुँदै गएको छ । स्वचालित गाडी, भर्चुअल एसिस्टेन्ट, मेडिकल, फाइनान्सलगायतका क्षेत्रमा र पछिल्लो समय महत्वपूर्ण कोडहरु लेख्ने, आर्ट बनाउनेदेखि अनेकौँ काम गर्ने एआईको विकासले गति पाएको छ ।

विज्ञहरु एआईको विकासलाई लिएर चिन्तित बन्दै गएका छन् । अमेरिकी म्याजिन टाइमले ५५० एआई रिर्सचरहरुलाई सोध्दा १० प्रतिशतले उच्च क्षमताका एआईले मानव अस्तित्वको संकट सिर्जना गर्नसक्ने भनेका छन् ।

मे ३० मा सयौँ एआई वैज्ञानिक र ओपनएआई, डीपमाइन्ड जस्ता प्रमुख एआई कम्पनीका सीईओले एआईमा सावधानी अपनाउन भन्दै एक पत्रमा हस्ताक्षर गरेका थिए । उक्त पत्रले ‘एआईबाट (मानव) विलुप्त हुने जोखिमलाई कम गर्नु र महामारी एवं आणविक युद्धजस्ता सामाजिक स्तरका जोखिम कम गर्नु विश्वव्यापी प्राथमिकता हुनुपर्ने’ भनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, यतिसम्म सोच्न किन आवश्यक छ ? सबैभन्दा सरल कुरा के हो भने एआईमा भइरहेको विकासले ‘अलौकिक स्मार्ट कृत्रिम मानिस’हरुको सृजना गर्नसक्छ । तिनीहरुले मानवताको चासोका विषय र ती विषय आफैँ गर्ने स्वायत्ततामा बाधा वा द्वन्द्व सिर्जना गर्न सक्छन् ।

केही अन्वेषक एवं खोजकर्ता र उच्च क्षमताका प्रयोगशाला वा कम्पनीहरु यो जोखिमलाई लिएर अघि बढेनन् भने पनि समस्या हुनसक्छ । किनकि, सुरक्षित प्रयोगशाला वा कम्पनीहरुले एआईको विकास नगर्दा कमजोर र गैरजिम्मेवाहरुबाट यस्तो जोखिम हुनेछ ।

Global Ime bank

यो तर्कले एआईको अवस्थालाई हतियारको दौड जस्तै बनाउँछ । जसरी युद्धमा कुनै एक पक्षले अर्काेलाई हराउन चाह्यो भने दुवै पक्ष हतियारको दौडमा लाग्छन् ।

सापेक्ष लाभ नपाउँदा हतियार विकासमा निकै धेरै समय र पैसा खर्च भइसकेको हुन्छ । यति हुँदाहुँदै पनि हतियार विकासको दौडमा जारी नै रहनुपर्छ । किनकि, रोकिनले हार्न सक्छ । यसकारण दुवै पक्ष यो दलदलमा फस्छन् ।

तर, एआईको अवस्था फरक छ । हतियारको दौडमा शक्तिशाली हतियार बनाउनेले जित्न सक्छ । तर, शक्तिशाली एआई बनाउनेले सुरुमा आफ्नै हारको सामना गर्ने स्थिति पनि आउन सक्छ ।

एआईको अर्काे ‘गेम चेन्जिङ फेक्टर’ भनेको यसको विकास विस्तारै हुँदा कति सुरक्षित हुन्छ भन्ने पनि हो । यस्तै, एक पक्षले गरेको कति लगानीले सबैका लागि सुरक्षा कायम गर्नसक्छ, अर्काे पक्षले एआईका विकास गर्दा कति हानी पुर्याउन सक्छ भन्ने र कसैले निम्त्याउने संकट रोक्न सक्ने वा नसक्ने पनि महत्वपूर्ण विषय हो ।

वास्तविकता सामान्य आकलनभन्दा जटिल हुनसक्छ । कुनै व्यक्ति वा समूह, संगठनले हतियारको दौड जसरी एआईको क्षेत्रमा जोखिम सृजना गर्न सक्छ । तर, त्यसबाट जोगिन मानिसले बहस गर्न सक्छ, समन्वय गर्न सक्छ, प्रतिबद्धता र एआई विकासको अवलोकन गर्न सक्छ । अझैं महत्वपूर्ण कुरा भनेको सरकारलाई नियमन र सम्झौताका लागि लबिङ गर्न सकिन्छ ।

एआईमा दुईपक्षबीचको हार–जित समाजका लागि भने एउटै नहुन सक्छ । जस्तो मेटाले माइक्रोसफ्टलाई हरायो भने धेरैलाई फरक पर्दैन । तर, नाम र दाम खोजिरहेको अनुसन्धानकर्ता र लगानीकर्ताहरुका लागि यो महत्वपूर्ण हुनेछ । कुनै पनि कम्पनीहरुले एआईको विकासमा लागिरहँदा उनीहरुले गर्ने कामलाई सबैले नियाल्न आवश्यक देखिन्छ ।

हतियारको दौडभन्दा फरक एआईको दौड पातलो बरफमा उभिएको भिड हुनसक्छ, जसको छेउमा पैंसा नै पैंसा छ । तर, सबै सावधानीपूर्वक अघि बढे भने मात्रै त्यहाँसम्म पुग्न सक्नेछन् ।

यस्तोमा हरेकले आफू अर्काेभन्दा राम्रो तरिकाले अघि बढ्न सक्ने ठानिरहेका छन् । त्यसैले एआईको मामिला हतियारको दौडभन्दा ठिक विपरीत हुनसक्छ ।

व्यक्तिगत सन्दर्भमा सबैभन्दा उत्कृष्ट कदम विस्तारै र सावधानीपूर्वक अघि बढ्नु हुनसक्छ । सामूहिकरुपमा खासगरी एआईको विपत्तिबाट जोगिने वा बच्ने विकल्पको खोजी नभएसम्म विश्वले कसैलाई पनि मानवताको विनाश गर्नसक्ने मार्गमा जान दिँनु हुँदैन । (टाइमका लागि मेसिन इन्टेलिजेन्स रिसर्च इन्स्टिच्युटकी काटजा ग्रेस)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC