site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । दक्षिणकाली नगरपालिका–४, चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् । 

सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत चारजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ३४५ रुपैयाँ, तास, पासा गोटी १६ थान, पासा डण्डी तीन थान र पासा खेल्न प्रयोग भएको कपडाको चारपाटे पासा बोर्ड एक थानसहित फेला पारी पक्राउ गरेको जनाइएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro