site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement

होटल व्यवसाय बिस्तारै लयमा फर्कन लागेका बेला करको बोझ थपेकोमा पर्यटन व्यवसायीले चिन्ता प्रकट गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा विलासिता कर शीर्षकमा पर्यटकले प्रयोग गर्ने सुविधामा २ प्रतिशत कर लगाउने प्रस्ताव गरेको छ । 

बितेका सात महिनामा चार लाख ५७ हजार पर्यटक नेपाल आएका  छन् । अगिल्लो वर्षको यही अवधिमा एक लाख २२ हजारमात्र पर्यटक  नेपाल भ्रमणमा आएका थिए । पर्यटकको आगमन बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका हुन् । 

कोरोनाको प्रकोपले नेपालको पर्यटन व्यवसाय पनि नराम्ररी थला परेको थियो । राज्यले खासै प्रयास नगरे पनि पर्यटन व्यवसाय छिटै नै लयमा फर्कने लक्षण देखियो । यस अवस्थामा राज्यले पनि उचित र आवश्यक सहयोग गरेर प्रोत्साहित गर्नुपर्ने हो ।

Dabur nepal
Agni Group

सरकारको मानसिकता भने ‘सुनको फुल’ पार्ने कुखुरी नै काटेर एकैपटक धनी हुन खोज्ने लोभी व्यापारीको जस्तो देखियो । पर्यटन व्यवसायीलाई पर्यटक आकर्षित गर्न प्रेरित गर्नुपर्नेमा निराश बनाउनु प्रत्युत्पादक हुनसक्छ ।

यद्यपि, केही प्रतिशत कर थप्दैमा पर्यटकका लागि खासै  फरक नपर्ने तर्क गर्न पनि सकिन्छ । सरकारले करका सम्भाव्य सबै स्रोतको पहिचान र परिचालन गर्नु पनि पर्छ । तर, कर लगाउँदा त्यसको औचित्य र प्रभाव हेरिनुपर्छ भन्ने बिर्सनु हुँदैन । 

करको स्वरूपले राज्यको चरित्र र प्रवृत्ति पनि उजागर गर्छ । कर लगाउनुको तात्पर्य त्यस प्रकारको क्रियाकलापबाट राजस्व असुल्नुमात्र होइन राज्यले निरुत्साहित गरेको सन्देश दिनु पनि हो । मदिरा वा सुर्तीजन्य वस्तुमा लगाइने कर यसैको उदाहरण हो ।  

अनुदार अर्थतन्त्रमा सरकारले व्यवसायमाथि नै कर लगाएर राजस्व असुल गर्छ । उदार प्रतिशील पद्धतिमा भने व्यवसायीलाई वैध आमदानी बढाउन सघाएर सरकारले राज्यको ढुकुटी भर्छ । नेपालले उदार प्रगतिशील पद्धति अपनाएको छ । 

अहिले तुलनात्मकरूपमा सस्तो तर स्तरीय सेवा उपलब्ध गराउन सके पर्यटकको सङ्ख्या बढ्न सक्छ । अहिलेका तुलनामा दोब्बर बढी पर्यटकलाई धान्न सक्ने भौतिक सुविधा उपलब्ध रहेको मानिन्छ । यसको पूर्ण उपयोग हुने वातावरण बनाउन सहयोग गर्नु सरकारको कर्तव्य पनि हो ।

बजेटमा प्रस्तावित करको दरमा पारित भएपछि आवश्यकताअनुसार हेरफेर गरिने प्रचलन पनि छ । यस्तै, पर्यटक आकर्षण गर्न सरकारले अरू सुविधा दिएर पनि यसको क्षतिपूर्ति गर्न सक्छ । यसैले पर्यटन व्यवसायीलाई निराश हुन नपर्ने सन्देश दिन सरकारले ढिला नगरोस् ।

पर्यटन व्यवसायले लय लिन थालेको छ । यस्तो बेलामा कर थपेको सन्देश दिनु भुइँको टिप्न खोज्दा पोल्टाको गुमाउने लक्षण हो । अहिले त व्यवसायीको मनोबल बलियो बनाउन सरकारले साथ दिन्छ भन्ने विश्वास दिलाउनुपर्छ ।

सरकारले पर्यटन व्यवसायलाई सहयोग पुग्नेगरी पर्यटन व्यवसायी र नेपाल वायु सेवा निगमसँग समन्वय गरेर विशेष कार्यक्रम तर्जुमा गर्न सरकारले अग्रसरता लिनुपर्छ । त्यतिमात्र गर्न सके पनि पर्यटन व्यवसायी उत्साहित हुनेछन् । अरू धेरै मुलुकले जस्तै नेपालले पनि पर्यटन प्रवर्धन गर्न राष्ट्रिय ध्वजावाहकको सेवा प्रयोग गरोस् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro