site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्‌मा आजदेखि बजेटमाथि छलफल हुने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ ।

छलफलका लापग प्रतिनिधिसभाको बैठक बोलाइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Global Ime bank

यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय