site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाको प्रश्न– गाली गरेर कहाँ पार्टी बन्छ ? लडाइँ गर्ने हो ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनमा शनिबार उनले यस्तो बताएका हुन् ।

आफू सभापति पदमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवापुस्ताको पालो भएको उल्लेख गरे । पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको उनले स्पष्ट पारे ।

पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए । आफूले कांग्रेसलाई अहिले देशकै ठूलो पार्टी बनाएको पनि उनले बताए ।

“नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ । सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनु छ । अझ यसलाई बलियो बनाउनु छ,” उनले भने, “गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न, पार्टी ठूलो बनाउनुस् । बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन । पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ ? लडाइँ गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने ? अहिले पार्टीलाई मजबुत बनाउने हो । मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।”

सभापति देउवाले सबै एकजुट भएर लागे मात्र पार्टीलाई बलियो बनाउन सकिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro