site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनकोसीमा बेपत्ता सीटीईभीटीका कर्मचारी भेटिएनन्, भोलि पनि खोजिने

काठमाडौं । गाडी खसेर सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन कर्मचारीको खोजीकार्य शनिबार पनि जारी रहने भएको छ ।

शुक्रबार दुर्घटना भएलगत्तै खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय जुटेका छन् । सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार आज बेपत्ता व्यक्ति नभेटिएसँगै उद्धार टोलीले भोलि पनि खोजी गर्ने भएका हुन् ।

पानीको बहाब बढी भएका कारण आज खोजी गर्न कठिनाइ भएको एसपी सिलवालले जानकारी दिए ।

शुक्रबार मध्याह्न करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा गाडी खसेको थियो ।

गाडीमा चालकबाहेक सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए । 

तीनै कर्मचारीको अवस्था अज्ञात छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro