विदेश
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी ट्विटरको विश्वसनीयता र सुरक्षा प्रमुख एला इरविनले राजीनामा दिएकी छन् ।
सन् २०२२ को जुनमा ट्विटरमा काम सुरु गरेकी इरविनले गत नोभेम्बरदेखि ट्रस्ट एन्ड सेफ्टी प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।
ट्विटरमा विज्ञापन दाताहरुले समेत विज्ञापन कम दिन थालेका बेला इरविनले राजीनामा दिएकी हुन् ।
केही दिनअघि मस्कले ट्विटरको नयाँ सीईओमा एनबीसीकी पूर्वयुनिभर्सल विज्ञापन प्रमुख लिन्डा याकारिनोलाई नियुक्त गरेको घोषणा गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० ११:५९
प्रतिक्रिया दिनुहोस्