site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सहकारीपीडित भन्छन्– हाम्रो जीवनभरको कमाइ लुटे, राज्य ठगको संरक्षक बन्दै छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहीबार रिपोर्टर्स क्लबमा सहकारीबाट ठगिएको भन्दै पीडितहरूले पत्रकार सम्मेलन गरे । करिब २०० को हाराहारीमा उपस्थित भिडको एउटै बोली थियो– ‘अब हामी सहेर बस्दैनौँ । सडकमा उत्रिन्छौँ । हाम्रो जीवनभरको कमाइ सहकारीले लुटे ।’

यो पत्रकार सम्मेलन सहकारीपीडित बचतकर्ता महासंघले गरेको हो । उक्त सम्मेलनमा आठजना वक्ताले पालैपालो सहकारीले गरेको ज्यादतिबारे आफ्नो धारणा राखेका थिए । उनीहरू सबैले सरकारको लाचरीपनले गर्दा सहकारीले दिनदिनै सोझा जनतालाई ठगेको बताए ।

यसको नेतृत्व देउराली बहुउद्देश्यीय सहकारीबाट पीडित सुनिता सिंह राजभण्डारीले गरेकी थिइन् । उनी पीडित महासंघको अध्यक्ष पनि हुन् । सहकारीमा राखेको बचत फिर्ता माग्न जाँदा सहकारीका अध्यक्षले दुव्र्यवहार गरेको उनको आरोप थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“मैले छोरा छोरी पढाउन भनेर सहकारीमा खाइ नखाइ जम्मा गरेकी थिएँ । तर, अहिले त्यो सहकारीमा आफ्नो बचत माग्न जाँदा उल्टै धम्की आउने गरेको छ,” उनले भनिन्, “मैले छोरो विदेश पठाउन लाग्दा पैसा नपाएर पटक–पटक सहकारीका अध्यक्षलाई फोन गरेँ । तर उहाँले उल्टै गाली गर्नु भएको छ । यो कुरा बाहिर गयो भने राम्रो हुँदैन भन्नुभयो ।”

Sahakari-Pidit (3)1685642205.jpg

Global Ime bank

हाल यो महासंघमा १० लाखभन्दा बढी पीडितहरू जोडिएको उनको भनाइ छ । एक खर्ब रुपैयाँभन्दा बढी बचत हाल सहकारीका कारण जोखिममा रहेको उनले बताइन् ।

त्यस्तै, सिभिल सहकारीबाट पीडित उज्वल सत्याल सरकारले अत्यन्त दुःख दिएको बताउँछन् । काठमाडौंमा कार्यालय भएको सहारीको उजुरी दिन हेटौँडा पठाइने, त्यहाँबाट पनि सीआईबी र अदालत पठाइने गरिएको उनको गुनासो थियो । यसरी सहकारीको उजुरी कहाँ दिने भनेर नै पीडितलाई हैरानी खेपाउने गरिएको उनको गुनासो थियो ।

“सहकारीका सञ्चालकलाई नेताले संरक्षण गरेका छन् । हाम्रा अध्यक्ष सांसद थिए,” उनले भने, “पार्टीका मान्छेले नै सहकारीको संरक्षण गरेका छन् । हाम्रो पीडा सरकारले बुझेन, सरकार बिचौलियाको भयो ।”

सरकार जिम्मेवार नहुँदा न्याय खोज्न कहाँ जाने भनेर सहकारीका बचतकर्ता पीडामा भएको सत्याल बताउँछन् ।

त्यस्तै, पीडितको पक्षबाट बोलेका मेडिकल डा. सुरेशकुमार सिंहले पीडितलाई सहयोग कसैले नगरेको बताए । उनले राज्यले स्वीकृति दिएका निकायको नियमन प्रभावकारी ढंगले गर्नुपर्ने बताए । उनले भने, “न्याय माग्न हामी कहाँ जानु ? हामीले राखेको पैसा पनि नपाउने कहाँको नियम हो यो ? राज्यले कर उठाउने अनि नियमन नगर्ने ?”

Sahakari-Pidit (2)1685642205.jpg

सम्मेलनमा बोल्ने अधिकांशले सहकारीको लापरवाहीले सामान्य जीवनस्तर भएकाहरूलाई ठूलो असर परेको बताए । ओरेन्टल को–अपरेटिभ लिमिटेडका बचतकर्ता खगेन्द्र काफ्ले यो सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको भए पनि वर्षैदेखि बचत फिर्ता नपाएको बताए । सहकारीले घरजग्गा र सेयरमा लगानी गर्दा यस्तो अवस्था सृजना भएको उनले बताए ।

सहकारीका सञ्चालकले आफ्ना आफन्त र नजिककालाई ऋण दिएर पनि समस्या उत्पन्न भएको उनले बताए । अहिलेको समितिले पनि बचत फिर्ता गर्ने बलियो आधार नदिएको काफ्लेले बताए ।

सोही सहकारीबाट पीडित डा. नारायणहरि गजुरेलले पनि अहिलेको सहकारी व्यवस्थापन समिति कार्यकर्ता पाल्ने कार्यालयको रूपमा परिचित भएको बताए । हैन भने सात वर्षदेखि यो सहकारीको ज्यादतिमा नहुनुपर्ने उनको भनाइ छ । राज्यले नै सहकारीलाई गलत धन्दा गर्न लाइसेन्स दिएको प्रमाणित भएकोे उनको भनाइ छ । नेपाल राष्ट्र बैंकले अनुगमन गरे मात्र सहकारी ठिक ठाउँमा आउने उनको भनाइ छ ।

यता, प्रस्परस सहकारीबाट अर्का पीडित शंकरप्रसाद दाहालले यो देशमा सामान्य मानिसको लागि सरकार नै नभएको जस्तो भएको बताए । “खाइ नखाइ बचत गरेको पैसा यसरी दुरूपयोग गर्न पाइन्छ ? काम व्यवहार छोडेर हामी आफ्नै पैसा पाउन कति ठाउँमा भौतारिइरहने ? हामी सडक संघर्ष गर्छौँ,” उनले भने, “कलिला छोराछोरीको खानाको आधापेट काटेर जम्मा गरेको पैसा हो । तर, सहकारी लुट्ने माध्यम भयो ।”

अन्य वक्ताहरू देवराज घिमिरे, पुरूषोत्तम कार्की र खगेन्द्रप्रसाद गिरीले देशमा न्याय नभएको बताए । न्याय खोज्न सडकमा नै जानुपर्ने बाध्यता भएको उनीहरूको भनाइ छ । अब देशभरिबाट नै सहकारीको विरूद्ध आन्दोलन सुरु हुने उनीहरूको भनाइ छ । कतिपयले सहकारीको सम्पत्ति राष्ट्रियकरण हुनुपर्नेमा पनि जोड दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC