site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स ट्रफीमा भारतको सहभागिता सुनिश्चित गर्न आईसीसीसँग पीसीबीको माग

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेज बार्कले र प्रमुख कार्यकारी जिओफ अलार्डिससामु सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा भारतको सहभागिता सुनिश्चित गर्न माग गरेको छ ।

पीसीबीका अधिकारीले बुधबार आईसीसी नेतृत्वसँग दुई वर्षपछि पाकिस्तानमा हुने एकदिवसीय ढाँचाको च्याम्पियन्स ट्रफीमा भारतको सहभागिता सुनिश्चित भए मात्र आफ्नो टिमले एकदिवसीय विश्वकपका लागि भारत भ्रमण गर्ने बताएका हुन् ।

पीसीबीका अन्तरिम व्यवस्थापनक कमिटीका अध्यक्ष नजाम सेठीले हालै पाकिस्तानले विश्वकप बहिष्कार गर्ने ‘धेरै सम्भावना’ रहेको चेतावनी दिएका थिए । यसै वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टिम पठाउन अस्वीकार गरेपछि सेठीले भारतमा हुने विश्वकपमा पनि पाकिस्तानी टिम सहभागी नहुने चेतावनी दिएका हुन् ।

बीसीसी पाकिस्तानले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’मा पनि सहमत छैन । पीसीबीले प्रस्ताव गरेको यो मोडेलअनुसार एसिया कपमा भारतका बाहेक समूह चरणका चार खेल पाकिस्तानमा हुनेछन् । त्यसबाहेक प्रतियोगिता तटस्थ भूमिमा सञ्चालन गरिनेछ । यो प्रस्ताव भारतले स्वीकार गरे पनि पाकिस्तानले विश्वकपमा आफ्नो खेलहरू भारतबाहिर खेल्ने र च्याम्पियन्स ट्रफीमा पनि भारतलाई यही विकल्प दिनेछ ।

पीसीबी अधिकारीसँगको छलफलमा आईसीसीका प्रतिनिधिले एसिया कप आफूहरूका लागि चिन्ताको विषय नभएको भन्दै विश्वकपको विषय समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

अध्यक्ष सेठी र अरू अधिकारीले आईसीसीका अधिकारीसँग च्याम्पियन्स ट्रफीमा भारतको सहभागिता निश्चित गर्न आधिकारिक आश्वासन माग गरेका हुन् । पाकिस्तानले आईसीसीबाट दुई वर्षअघि च्याम्पियन्स ट्रफी आयोजनाको अधिकार पाएको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro