अर्थ व्यवसाय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीले भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झन्डा देखाएका छन् । बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुवै देशका प्रतिनिधिमण्डलबीच भएको छलफलपछि आयोजित विशेष समारोहमा नेपाल–भारत कार्गो रेलको शुभारम्भ गरिएको हो ।
बथनाहबाट पहिलोपटक कार्गो बोेकेको रेल विराटनगरको कस्टम यार्डमा आइपुगेको छ । अब भारतबाट विराटनगरमा कार्गोमार्फत सामान ल्याइनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १३:१३
प्रतिक्रिया दिनुहोस्