site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सेभियालाई कीर्तिमानी सातौँ युरोपा लिगकाे उपाधि

काठमाडौं । स्पेनिस क्लब सेभियाले बुधबार राति पुस्कास एरेनामा इटालियन क्लब एएस रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै कीर्तिमानी सातौँ पल्ट युरोपा कपको उपाधि जितेको छ । रोमाका प्रशिक्षक जोजे माउरिन्होले युरोपियन प्रतियोगिताको ६ फाइनल खेलमा पहिलोपटक पराजित भए । 

निर्धारित ९० मिनेट समयको खेल भने १–१ को बराबरीमा रहेको थियो । थपिएको ३० मिनेट समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टी सुटआउटमा स्पेनिस ला लिगाको क्लब सेभियाका लागि गोन्जालो मोन्टिएलले निर्णायक गोल गरे । 

अर्जेन्टिनाका मोन्टिएलले कतार विश्वकप फाइनलमा पनि फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा विजयी गोल गरेका थिए । रक्षक मोन्टेएलले हानेको पहिलो प्रहार रोमाका गोलकिपर रुई प्याट्रिसियोले बचाएका थिए । तर, रेफ्रीले प्याट्रिसियोले समयभन्दा चाडै गोललाई छाडेर अघि बढेको भन्दै पुनः पेनाल्टी प्रहारको मौका दिएका थिए । दोस्रो पटक पाएको मौकामा मोन्टिएलले कुनै गल्ति गरेनन् । 

FxfiLiXX0AIg7YH1685587214.jpeg

सेभियाका गोलकिपर यासिन बौनौ पेनाल्टी सुटआउटमा नायक बने । उनले रोमाका रोजर इबानेज र जियानलुका मानचिनीको प्रहार बचाइदिएका थिए । 

यससँगै सेभियाले खेलेका सबै सात युरोपा लिगको फाइनल जित्न सफल भएको छ । पछिल्लो जितसँगै सेभियाले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । सेभियाले यसअघि २०२०, २०१६, २०१५, २०१४, २००७ र २००६ युरोपा लिगको उपाधि जितेको थियो । सेभियापछि इन्टर मिलानले सबैभन्दा धेरै तीन पटक युरोपा लिगको उपाधि जितेको छ । 


 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro