site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
'धितोपत्रको पटके कारोबार गर्नेलाई पाँच र ७.५ प्रतिशत नै कर लाग्ने हो, करको दर हेरफेर गरिएको छैन'
Ghorahi CementGhorahi Cement

काठमाडौं । आन्तरिक राजस्व विभागले धितोपत्रको पटके कारोबार गर्नेलाई पाँच प्रतिशत र ७.५ प्रतिशत नै कर लाग्ने बताएको छ ।

आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका बारेमा द्विविधा आएको भन्दै सूचना जारी गर्दै स्पष्टीकरण दिएको छ ।

नियमित व्यवसायको रूपमा नभई पटके रूपमा लगानी गरेको धितोपत्र बिक्रि गर्दा हुने लाभमा साविकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको सूचनामा उल्लेख छ ।

Dabur nepal
Agni Group

“पटके सेयर कारोबार गर्नेलाई पाँच प्रतिशत र ७.५ प्रतिशत नै कर लाग्ने हो, करको दर हेरफेर गरिएको छैन,” सूचनामा स्पष्ट पारिएको छ । नियमित सेयर कारोबार गर्नेको हकमा मात्र अहिलेको व्यवस्था लागु हुने बताइएको छ ।

“लगानकर्ता द्विविधामा नपर्नुहोला पहिले कर जति तिर्दै आउनु भएको थियो । अहिले पनि त्यति नै तिर्ने हो । तर, सेयर बजारलाई नै व्यवसाय बनाएर लाभ लिने नियमित कारोबारीले आर्थिक विधेयक, २०८० को दफा २९ अनुसार कर तिर्नुपर्छ” विभागले स्पष्टीकरण दिएको छ ।

KAr1685553044.jpg

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro