
काठमाडौं । अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड ट्रमको गल्फ कोर्सलाई ओपन च्याम्पियन्सिपका आयोजकहरूले कालोसूचीमा राखेका छन् ।
'द ओपन' वा 'ब्रिटिस' ओपन भनेर चिनिने ओपन च्याम्पियन्सिप विश्वको सबैभन्दा पुरानो र प्रतिष्ठित गल्फ प्रतियोगिता हो । यस प्रतियोगिताका आयोजकले ट्रम्पको गल्फ कोर्सलाई हालै कालो सूचीमा राखेको छ ।
ट्रम्पले २०२२ देखि नै ओपन च्याम्पियनसिप आफ्नो गल्फ कोर्समा आयोजना गराउन चाहेको भए पनि आयोजकले उक्त गल्फ कोर्सलाई नै कालोसूचीमा राखेको हो ।
गल्फको मुल च्याम्पियन्सिप चलाउने कम्पनी 'आर एन्ड ए' ले २०२१ को 'क्यापिटल राइट्स' पछि च्याम्पियन्सिपलाई ट्रम्पसँग नजोड्ने प्रयास गरेको थियो ।
सन् २०२१ को राष्ट्रपतीय निर्वाचनमा भएको पराजय अस्वीकार गरेका ट्रम्पले आफ्ना समर्थकहरूलाई सडकमा आउन ट्विटरमार्फत प्रोत्साहन गरेको बताइन्छ । त्यसपछि ट्रम्पका दुईहजार समर्थक संघीय संसद् भवन 'क्यापिटल'मा प्रवेश गरी दंगा गरेका थिए । दंगामा पाँचजनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए ।
आर एन्ड एका प्रमुख कार्यकारी प्रमुख मार्टिन स्लम्बर्सले टर्नबेरीमा हाम्रो कुनै पनि च्याम्पियन्सिपहरू आयोजना नगर्ने र निकट भविष्यमा त्यस्तो नहुने भन्दै अन्तर्राष्ट्रिय सञ्चार गार्डियनलाई २०२१ मै अभिव्यक्ति दिएका थिए ।
टेलिग्राफबाट ।