site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अफिजको ह्याट्रिकमा मछिन्द्र दोस्रो स्थानमा उक्लियो, थ्री स्टार १२औँ खेलसम्म जितविहीन

काठमाडौं । ओलावाले अफिजको ह्याट्रिकप्रेरित सातदोबाटो युथ क्बलाई ३–१ ले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा कायम राखेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा मछिन्द्रलाई जित दिलाउन अफिजले ह्याट्रिक गर्दा सातदोटबाटोका जोर्डन पुनमगरले एक गोल फर्काएका थिए ।

खेलको १७औँ मिनेटमा अफिजले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा अफिजले नै गोल गरेपछि मछिन्द्रले अग्रता दोब्बर पारेको थियो ।

Dabur Nepal
NIC Asia

यस्तै, ५६औँ मिनेटमा अफिजले ह्याट्रिक गर्दै मछिन्द्रलाई ३–० को अग्रतामा राखेका थिए । ८४औँ मिनेटमा जोर्डनले सातदोबाटोबाट सान्त्वना गोल फर्काएका थिए ।

जितसँगै २३ खेलबाट ३९ अंक जोडेको मछिन्द्र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्र शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडभन्दा दुई अंकले मात्र पछि छ । २२ खेल खेलेको चर्च ब्वाइजको ४१ अंक छ ।

२३ खेलबाट २९ अंक जोड्दै सातौँ स्थानमा रहेको सातदोबाटो भने लिगको उपाधि होडबाट बाहिरिएको छ ।

च्यासल रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । थ्री स्टारले लिगमा पछिल्लो १२ खेलयता जित निकाल्न सकेको छैन ।

बराबरीमा रोकिएसँगै दुवै क्लबलाई रेलिगेसनको खतरा बढेको छ । रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको संकटा र दुई स्थान अघि रहेको थ्री स्टारले समान २७ अंक जोडेका छन् ।

२३ खेल खेल्दा थ्री स्टार ११औँ र संकटा १२औँ स्थानमा छन् । जुन रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबको भन्दा तीन अंकमात्र धेरै हो । तर, फ्रेन्ड्सले एक खेल कम खेलेको छ । २२ खेल खेलेको फ्रेन्ड्सले २४ अंक जोडेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro