site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नागरिकता विधेयक राष्ट्रपति पौडेलले गरे प्रमाणीकरण
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रपतिका रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

संसद्का दुवै सदनले पारित गरेर दोस्रोपटक पठाएँदा समेत तत्कालीन राष्ट्रपति विद्या भण्डारीले गत असोजमा रोकिदिएकी थिइन् । मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले त्यही विधेयक प्रमाणीकरण गरेर जारी गरेका हुन् ।

Dabur Nepal
NIC Asia

पहिलोपटक संसद्ले नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै भण्डारीले आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् ।

सदनले दोस्रोपटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था लत्याउँदै उनले थन्क्याइदिएकी थिइन् । तत्कालीन राष्ट्रपति भण्डारी पदबाट बिदा भएको तीन महिनामा नयाँ राष्ट्रपतिले नौ महिना पुरानो विधेयक प्रमाणीकरण गरेका हुन् ।

 

राष्ट्रपति पौडेललाई राष्ट्रपति निर्वाचित भएसँग उक्त विधेयक प्रमाणीकरण गरिदिन प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले दबाब दिँदै आएका थिए । त्यसमा कुन संवैधानिक जगमा टेकेर विधेयक प्रमाणित गर्ने भन्दै राष्ट्रपतिले प्रश्न उठाएपछि मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेका थियो ।

nagarikata bidheyak1685514160.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro