site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता पेस हुँदै, सुरक्षा व्यवस्था कडा
फाइल तस्बिर।

विराटनगर । कोसी प्रदेशको बजेट अविधेशनअन्तर्गत बुधबार दोस्रो बैठक बस्दै छ । बैठक अगावै प्रदेशसभा सचिवालय वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पहिचानवादीले गर्न सक्ने विरोध प्रदर्शनलाई मध्यनजगर गरी सभाक्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको उपस्थिति बाक्लो बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत पेस हुँदै छ । आर्थिक मामिला तथा योजनामन्त्रीका तर्फबाट मुख्यमन्त्री हिक्मत कार्कीले विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकतामासम्बन्धी प्रस्ताव सदनमा पेस गर्नेछन् ।

पेस भएको प्रस्तावमा सदनमा छलफल हुनेछ । यसैगरी संविधानको धारा २०२ बमोजिम जारी अध्यादेश कोसी प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधनको समेतको नियम ८१(४) बमोजिम स्वीकृतिका लागि प्रस्ताव पेस हुनेछ ।

प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार कोसी प्रदेशसभा नियमावली मस्यौदा समितिका संयोजकले कोसी प्रदेशसभा नियमावली, २०७९ को मस्यौदा सभामा पेस गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro