site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्याटिङमा सुधार हुँदा मलेसियाविरुद्ध नेपालको सहज जित

काठमाडौं । ब्याटिङमा सुधारिएको प्रदर्शन गरेपछि नेपालले मलेसियासँगको दोस्रो ट्वान्टी–२० खेलमा सात विकेटको सहज जित निकालेको छ । मंगलबार मलेसियाको बांगीमा भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले १७.३ ओभरमा तीन विकेट १०३ रन बनायो ।

नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अविजित २९ रन बनाइन् । रुविनाले २१ बलमा तीन चौका र एक छक्का प्रहार गरिन् । नेपाललाई जितका लागि एक रन आवश्यक रहँदा छक्का प्रहार गर्दै रुविनाले जित निश्चित गरेकी थिइन् । ओपनर कविता कुवर र सीता रानामगरले क्रमशः २६ र २३ रन थपे । विन्दु रावलले १७ रन जोड्दा सोनु खड्का दुई रनमा अविजित रहिन् ।

मलेसियाका आइसा एलिसा, निक नुर अतेइला र विनिफ्रेड एनी डुराइसिंगमले समान एक विकेट लिए । 

त्यसअघि, टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो ।

मलेसियाकी कप्तान मास एलिसाले २८ रन बनाएकी थिइन् । विनिफ्रेड एनी डुराइसिंगम र वान जुलियाले समान २० रन थपे । एइना हमिजाह हसिमले १४ रन जोडिन् ।

नेपालकी कप्तान रुविना क्षेत्रीले दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी रुविनाले १६ रन खर्चिइन् । कविता कुवर र इन्दु वर्माले समान एक विकेट लिए ।

जितसँगै पाँच खेलको ट्वान्टी–२० शृंखलामा नेपालले १–१ को बराबरी गरेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा निराशजनक ब्याटिङका कारण नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको थियो । पहिलो खेलमा नेपाल ५० रनमै अलआउट भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro