अर्थ व्यवसाय
काठमाडौं । सरकारले दिगो र भरपर्दो सिँचाइका लागि सुविधा उपलब्ध गराउने भएको छ ।
‘सिँचाइमा लगानी खेतबारीमा पानी’ भन्ने नाराका साथ कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन ठूला जलाशययुक्त जल पथान्तरण गर्ने बहुउद्देश्यीय आयोजना निर्माणलाई जोड दिइने भएको छ ।
सोमबार संसद्मा २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले वर्षैभरि सिँचाइ सुविधा दिन भूमिगत र नयाँ प्रविधिको प्रयोग गरिने बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:३८
प्रतिक्रिया दिनुहोस्