site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास बनाइने

काठमाडौं । सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आउँदो आर्थिक वर्षमा १५० पुलको निर्माण कार्य सम्पन्न गरिने जनाएको छ ।

आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पुल निर्माणका लागि दुई अर्ब आठ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

Dabur Nepal
NIC Asia

यस्तै, सूर्यविनायक–धुलिखेल सडकखण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम समेत सरकारले विनियोजन गरेको छ ।

काठमाडौंको चक्रपथ, कलंकी र वसुन्धराखण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीव्रता दिन दुई अर्ब सात करोड छुट्टयाइएको छ ।

राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाईओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आउँदो आर्थिक वर्षमा सम्पन्न गरिने जनाइएको छ ।

यस्तै, कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य सुरु गरिने समेत सरकारले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro