देश
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा थप ६ सयवटा झोलुगे पुल निर्माण गर्ने जानकारी दिएको छ । सोमबार संसद् बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्रामीण विकासका लागि झोलुगे पुल निर्माण गर्न लागिएको जानकारी दिए ।
झोलुगे पुल निर्माणका लागि ५ अर्ब ८३ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:३१
प्रतिक्रिया दिनुहोस्