site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घरबाट खाना लगेर अर्थमन्त्रीले बनाए बजेट, पाँचतारे होटेलबाट आएन
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा‍.प्रकाशशरण महतले घरमा नै बनेको खाना खाएर बजेट निर्माण गरेका छन् ।

लोकदर्शन रेग्मी अर्थसचिव भएको बेला बजेट निर्माणको क्रममा पाँचतारे होटेलबाट खाना मगाइएको थियो । अहिले अर्थमन्त्री महतले भने घरबाट नै खाना लगेर खाने गरेका छन् ।

यसअघि, युवराज खतिवडाले पनि घरबाट लगेर तथा मन्त्रालयको क्यान्टिनमा बनेको खाना खाएर बजेट बनाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थमन्त्री महत बजेट लेखनमा जेठ १ गतेदेखि निरन्तर खटिरहेका छन् । जेठ १ गतेदेखि बजेट निर्माण व्यस्त भएका मन्त्री महत बिहान ७ बजे अर्थ मन्त्रालय पुग्ने गरेका छन् ।

त्यसपछि मन्त्रालयमा हुने भेटघाटहरु पनि बन्द गरेर अर्थमन्त्रीका हरेक क्षण बजेट निर्माणमा मात्र केन्द्रित भयो । डरलाग्दो रुपमा घट्दो राजश्व संकलनको अवस्था, बजेट कार्यान्वयनमा देखिएको समस्या, आर्थिक वर्षको अन्तिममा आएर हुने रकमान्तरणको समस्या, स्रोत सुनिश्चित नभई प्रभाव र पहुँचका भरमा दिइएका स्रोत सुनिश्चिताले बजेटमा पारेको असरलगायतका विषयहरुमा केन्द्रित भएर निरन्तर छलफल गरेका छन् ।

Global Ime bank

अर्थमन्त्री महतको सचिवालयका अनुसार बिहान ७ बजे मन्त्रालय पुग्दा बजेट लेखन टिम मन्त्रालय पुगिसकेको हुन्छ । टिमसँगको छलफलपछि बजेट लेखनमै काम सुरु गर्छन् । मन्त्री महतले बजेट लेखनका लागि आवश्यक पर्ने मन्त्रालयकै टिमका सदस्यहरु अन्य व्यक्तिसँग कार्यकक्षमा भेटघाट बन्द गरेका छन् ।

७ बजे मन्त्रालय पुग्ने अर्थमन्त्रीले महत बिहान ११ बजे खाना खानको लागि १५ मिनेटको समय छुट्याएका छन् । उनले खाने खाना सधैँ आफ्नै घरबाट टिफिनमा आउने गर्छ ।

“शाकाहारी भएकोले पनि अर्थमन्त्री महतले स्वस्थ खानेकुरा, फलफूल आफ्नै घरबाट ल्याएर खाने गरेका छन् । खानापछि बजेट लेखनको काममा फर्कन्छन्,” अर्थमन्त्रीको सचिवालयले भन्यो ।

पछिल्लो समय अर्थ मन्त्रालयका सबै ढोका बन्द गरेर अर्थका कर्मचारीबाहेकका कसैलाई पनि मन्त्रालयमा प्रवेश निषेध गरेर बजेट लेखन भइरहेको छ । अर्थमन्त्री महतले जेठ ३ गतेदेखि निजी निवासमा सामूहिक रुपमा १५ मिनेट पार्टीका कार्यकर्ताले भेट्नेबाहेक सबै भेटघाट बन्द गरेका छन् ।

मन्त्री महत निजी निवासदेखि मन्त्रालय अनि प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद् र संसद् बैठकबाहेक अन्य कुनै पनि कार्यक्रमहरुमा सहभागी नभएर बजेट लेखनमै केन्द्रित छन् । उनी मन्त्रालयका विभिन्न महाशाखा, शाखाहरुमा कर्मचारीहरुको दैनिक समन्वयमा रहिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC