site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविक विजेता नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको तेस्रो स्थानको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै नेपाल तेस्रो भएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न खेलको पहिको सेट भने उज्वेकिस्तानले जितेको छ । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिका लगातार तीन सेट जित्दै तेस्रो स्थान पक्का गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५, चौथो सेट २५–१३ ले जितेको थियो ।

समूह ुएु बाट उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको नेपाल काजकिस्तानसँग पराजित भएपछि उपाधि होडबाट बाहिरिएको थियो । नेपाल यसअघि यो प्रतियोगिताको लगातार दुई संस्करणको उपाधि जितेको थियो ।

Global Ime bank

प्रतियोगिताको फाइनल खेल पनि आजै हुँदै छ । भारत र काजकिस्तानबीचको उपाधि भिडन्त अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । 

आठ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको समूह ‘ए’मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश थिए । यस्तै, समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC