
काठमाडौं । प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता २०७९/८० अन्तर्गत पहिलो दिन चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्वरी नगरपालिकाले विजयी सुरुआत गरेका छन् ।
चमती खेलकुद पार्क संरक्षण समितिको आयोजना र अखिल नेपाल कबड्डी संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा शनिबार चन्द्रागिरिले शंखरापुर नगरपालिकालाई ४४–२८ को स्कोरमा हरायो ।
काठमाडौंले गोकर्णेश्वर नगरपालिकालाई ४१–१५ र कागेश्वरीले टोखा नगरपालिकालाई ५८–३२ स्कोरले पराजित गर्यो ।
प्रतियोगितामा काठमाडौं जिल्लाभित्रका कुल ६ नगर र एक क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक भगवान प्रजापतिले जानकारी दिए । उत्कृष्ट रेडेर र क्याटरलाई ट्रफी प्रदान गरिनेछ ।