site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मी र मच्छिन्द्रले खेले बराबरी, एपीएफसित हार्‍यो जावलाखेल
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबले बराबरी खेलेका छन् । ललितपुरस्थित च्यासल मैदानमा आर्मी र मच्छिन्द्रले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको १७औँ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ६०औँ मिनेटमा आर्मीका युद्द शाहीले आत्मघाती गोल गरेपछि मच्छिन्द्र हारबाट जोगिएको हो ।

बराबरीसँगै मच्छिन्द्र २२ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा छ । आर्मीले २२ खेलबाट ३० अंक जोडेको छ ।

एपीएफ २–० जावलाखेल
शनिबारै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई २–० ले हरायो ।

खेलको २३औँ मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा आवास लामिछानेले गोल थपेपछि एपीएफले सहज जित दर्ता गर्‍यो ।

जितसँगै एपीएफले २२ खेलबाट २९ अंक जोडेको छ । जावलाखेलको २२ खेलबाट ३४ अंक छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro