site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कांग्रेस कुहिरोमा हराएको काग भयो, ०८४ को चुनाव फलामको चिउरा चपाउनु सरह हुनेछ’
फाइल तस्बिर

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस कुहिरोमा हराएको कागजस्तो भएको बताएका छन् । प्रेस युनियनको ३२ औं स्थापना दिवसकाे अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले पार्टी अहिले फाली निस्केको हलो जस्तो भएको टिप्पणी गरे । 

“उत्साह बोकेर आएका साथीहरू देशभर छन् । यो उत्साह घट्दै गएको छ । यसलाइ जोगाउन नेतृत्वले ध्यान दिनुपर्ने छ । तपाईंहरुलाइ हेरेर हामी राजनीतिमा आएका हौँ,” उनले पार्टी नेतृत्वलाई भने ।

केन्द्रीय सदस्य शिवाकोटीले पार्टी केन्द्रीय समिति बैठक नराखेर सभापति शेरबहादुर देउवाले आधिकारिक धारणा राख्न छेकेको आरोप लगाए । उनले केन्द्रीय सदस्यहरूले पनि बोल्ने ठाउँ चाहिएको भन्दै बैठकको माग गरे ।

“नौ महिनादेखि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पदाधिकारी र पूर्वपदाधिकारीको नाममा पार्टीको निर्णय हुँदै आएको छ”, उनले भने, “हामीले पनि बोल्ने ठाउँ चाहिएको छ ।” 

पार्टीमा विधानको पालना हुन नसकेको भन्दै उनले निर्मम समीक्षाको माग गरे । 

पार्टी यसरीनै चले आउँदो चुनाव कांग्रेसका लागि फलामको चिउरा चपाउनु सरह हुने जिकिर गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro