site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आमा सुँकसुँकाइरहेकी छन्

सुरेश जोशी


खुन चुसेर तृप्त भएकाहरू
सडकमा रक्त होलीको विरोध गरिरहेका छन् 
जहिल्यै छिमेकको हित खोज्न 
आफन्तहरूका खोट खोज्नेहरू
गरिमामय सभामा
असभ्य प्रदर्शन गरिरहेका छन् 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अग्निपरीक्षा दिन अभ्यस्त सीताहरू
लैंगिकताको दोष काट्न 
वाल्मीकि गुहार्दै छन्
विभेदका शूली चढाइएका नारीहरूको
उद्धार गर्न 
धर्ती माताले इन्कार गरिरहँदा 
अझै पितृसत्तात्मकताको भूतले
वर्षौँवर्ष  
शासन गर्ने निश्चित प्रायः छ 

कान खोज्न कागका पछाडि दौडिरहेकाहरूलाई
आफ्नो कान छाम्ने फुर्सद छैन
हरेक अकर्मण्यताको मूल जडको भेउ नपाउँदा
जिम्मेवारीपनलाई निकम्मा बनाइएको छ
ऊर्जावान्हरू दिनानुदिन पलायन भइरहँदा
धर्ती बोझिलो पो हुने हो कि भन्ने भयले 
नेपाल आमा सुँकसुँकाइरहेकी छन् ।

(सैबु, ललितपुर)
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्