site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले भन्छ– सत्तापक्ष गम्भीर नहुँदा केही सहमति भएन

काठमाडौं । नेकपा (एमाले)ले पशुपतिमा चढाएको जलहरीबारे सरकार सदनमा जवाफ दिन गम्भीर नबनेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तयार नभएको बताए ।

सत्तापक्ष गम्भीर नबन्दा सदन चलाउने विषयमा कुनै सहमति हुन नसकेको उनको भनाइ छ । 

“केही सहमति भएको छैन । उहाँहरू यो विषयमा गम्भीर हुनुहुन्न । सत्ता पक्षका सांसदले प्रतिपक्षलाई धर्म र आस्थाको केन्द्र पशुपतिनाथको केन्द्रमा यति कपोकल्पित झुटा, भ्रमपूर्ण आरोप लगाए । त्यो विषयमा सरकारले भन्नुप‍र्‍यो, हाम्रो माग हो,” गिरीले बाह्रखरीसँग भने, “जलहरी सुन हो कि पित्तल हो ? सरकारले सदनलाई जानकारी गराउनुपर्छ भन्ने कुरामा सत्ता पक्षकोतर्फबाट प्रधानमन्त्री तयार नभएको बुझिएको छ । सत्तापक्ष गम्भीर बन्न सकेन । त्यसैले आजको बैठक निष्कर्षमा पुग्न सकेन ।”

नीति तथा कार्यक्रमममा प्रधानमन्त्रीले जवाफ दिन शुक्रबार बोलाइएको बैठक एमालेका अवरोधका कारण केहीबेर बसेर २० मिनेटका लागि स्थगित भएको थियो । 

गएको जेठ १० गतेको प्रधिनिधिसभा बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको भन्दै पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले आज संसद् बैठअ अबरुद्ध गरेको हो । 

साढे १२ बजेबाट स्थगित भएको बैठक २० मिनेटमा बस्न नसकेपछि ३ बजे र त्यसपछि पनि बस्न नसकेपछि ६ बजेका लागि बोलाइएको थियो । तर, तोकिएको समयमा बैठक बस्न सकेन । 

बैठक शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro