site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् बैठक : सत्तापक्ष भन्छ समिति बनाऔं, एमाले भन्छ माफी माग्नुपर्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । दिउँसो साढे १२ बजे २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।

प्रतिपक्ष नेकपा (एमाले) को नाराबाजीपछि स्थगित भएको बैठक चलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षामा दलका सचेतकसहितको नेताको बैठक बसिरहकेको छ ।

बैठकमा सत्तापक्षले पशुपति मन्दिरमा चढाइएको जलहरी सुनको कि पित्तलको भन्ने विषयमा संसदीय छानबिन समिति बनाउन प्रस्ताव गरेको छ । एक सांसद्का अनुसार एमालेले भने सरकारकोतर्फबाट धारणा राख्दै रोष्टमबाट माफी माग्नुपर्ने दाबी गरिरहेको छ ।

गत बुधबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरी राख्दा सुनको भन्दै पित्तलको राखेर प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यसदिन नियमापत्ति समेत नगरेको एमालेले शुक्रबार एकाएक बैठक अवरोध गरेका थियो ।

बिहान ११ बजे बोलाइएको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि नाराबाजी गर्दै एमाले सांसदहरूले बेल घेराउ गरेपछि सभामुखले साढे १२ बजे २० मिनेका लागि बैठक स्थगित गरका थिए ।

त्यसपश्चात् संसद् सचिवालयले कारणबस बैठक बस्न नसकेको भन्दै ३ बजेका लागि बैठक बोलाएको थियो । र दोस्रोपटक सुचना निकालेर साँझ ६ बजे बैठक बस्ने जनाइएको थियो ।  बैठक सुरू हुन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro