site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाललाई साविक विजेताको छवि जोगाउने चुनौती
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतियोगिताको दाबेदारका रूपमा हेरिएको काजखस्तानविरुद्ध सेमिफाइनल खेलका लागि कोर्टमा उत्रँदा नेपाली महिला भलिबल टिमलाई सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा साविक विजेताको छवि जोगाउने चुनौती हुनेछ ।

नेपालले यसअघि प्रतियोगिताका लगातार दुई संस्करणको उपाधि जितेको थियो । तर, ती संस्करणमा भारत र काजखस्तानजस्ता बलियो टोली सहभागी थिएनन् । अहिले ती टोलीको समेत सहभागिताले नेपाललाई साविक विजेताको हैसियत जोगाउने चुनौती छ ।

समूह ‘ए’मा नेपाल दुई खेलमा विजयी भएको थियो । अन्तिम खेलमा भारतसँग हारेपछि नेपालले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको काजखस्तान भने अपराजित छ ।

नेपालले समूह चरणका खेलमा कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा पराजित गरेको थियो । भारतसँग नेपाल ३–१ ले हारेको थियो ।

समूह ‘बी’मा काजखस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । श्रीलंका र उज्वेकिस्तानलाई काजखस्तानले समान ३–१ को सेटमा हराएको थियो ।

आज नेपाल र काजखस्तानबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा आजै हुने अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता भारतले समूह ‘बी’को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । यो खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

यी दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro