site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सीविरुद्ध सहज जित निकालेको युनाइटेड च्याम्पियन्स लिगमा छनोट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चेल्सीविरुद्ध ४–१ को फराकिलो जित निकाल्दै म्यानचेस्टर युनाइटेड आगामी सिजनको यूएईएफए च्याम्पियन्स लिगमा छनोट भएको छ । प्रिमियर लिगमा बिहीबार घरेलु मैदानमा सहज जित निकाल्दै एरिक टेन हागको टोलीले तालिकाको शीर्ष चारमा रहँदै सिजनको अन्त्य गर्ने सम्भवनालाई निश्चित गरेको हो ।

डच प्रशिक्षक टेन हागको प्रशिक्षणमा युनाइटेडले यसअघि काराबाओ कपको उपाधि जित्दा आगामी महिना हुने एफए कपको फाइनलमा स्थान पक्का गरेको छ ।

ओल्ड ट्राफोर्डमा छैटौं मिनेटमा कासेमिरोले गरेको गोलबाट युनाइटेडले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा एन्टोनी मार्सियलले गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर पार्यो । ७३औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडको अग्रतालाई ३–० मा पूर्याएका थिए । त्यसको पाँच मिनेटपछि मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई ४–० सहज अग्रतामा पूर्याएका थिए ।

खेलको निर्धारित समयम सकिन एक मिनेट बाँकी रहँदा जोआओ फेलिक्सले चेल्सीबाट एक गोल फर्काएका थिए ।

यस सिजन चेल्सीले खेलेको ३७ खेलमध्ये यो १६औं हार हो । तालिकाको १२औं स्थानमा रहेको चेल्सीले ४३ अंकमात्र जोडेको छ । जितसँगै ३७ खेलबाट ७२ अंक जोडेको युनाइटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । युनाइटेड चौथो स्थानको न्युक्यासल युनाइटेडभन्दा दुई अंकले र पाँचौ स्थानको लिभरपुलभन्दा ६ अंकले माथि छ । लिगमा अब अन्तिम एक खेलको नतिजामा मात्र आउन बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC