site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीशसमक्ष आजदेखि प्रतिवादीहरूको बयान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादी बनाइएका तथा पक्राउ परेकाहरूको न्यायाधीशसमक्ष बयान सुरु हुँदै छ । बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा १६ पक्राउ परेका छन् । १४ फरार छन् ।

बुधबार दर्ता भएको मुद्दमा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीशको अगाडि बयान हुनेछ । बयान सकिएपछि मात्र थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि सरकारी वकिलसमक्ष प्रहरीले पनि उक्त प्रतिवादीहरूको बयान लिएको थियो । उक्त बयानको आधारमा सरकारी वकिलले अभियोगपत्र दायर गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ आपराधिक समूहको संरचनागत तह

Global Ime bank

आजदेखि सुरु हुने न्यायाधीशसमक्षको बयानले सरकारी वकिलसमक्षको बयानभन्दा बढी मान्यता पाउँछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा ३० प्रतिवादीविरुद्ध ठगी, किर्ते, राष्ट्रियहीतविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दायर भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC