site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मध्य जापानमा गोली चल्दा तीनजनाको मृत्यु

काठमाडौं । मध्य जापानमा छुरा प्रहार र गोली हानाहान हुँदा तीनजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नागानो प्रिफेक्चरको नाकानो सहरमा क्यामफ्लाजमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको र त्यसपछि शिकार राइफल प्रयोग गरेको बताइएको छ। दुई प्रहरीको पनि मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जापानी सञ्चारमाध्यमका अनुसार आक्रमणपछि कथित आक्रमणकारी भवनभित्र लुकेको छ।

गत वर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भए पनि जापानमा बन्दुक हिंसा अत्यन्तै दुर्लभ छ।

जापानी समाचार एजेन्सी क्योडोका अनुसार पुलिसले एक व्यक्तिको बारेमा कल प्राप्त गरेको बताइएको छ । जसले एक महिलालाई पिछा गरेको र त्यसपछि छुरा प्रहार गरेको थियो।

उक्त व्यक्तिले आपतकालीन अवस्थामा प्रतिक्रिया दिने प्रहरी अधिकारीहरूलाई गोली हानेको आरोप छ। उनले नाकानो नगर सभाका सभामुखको निवास मानिने भवनभित्र आफूलाई ब्यारिकेड गरेको बताइएको छ । बीबीसी

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २३:२२
प्रतिक्रिया दिनुहोस्