site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माल्दिभ्सलाई हराएको कीर्गिस्तानले पाँचौँ स्थानको लागि प्लेअफ खेल्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको कीर्गिस्तानले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को पाँचौँ स्थानको प्लेअफ खेल्ने भएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा सुरुआती दुई सेट प्रतिस्पर्धात्मक बने पनि अन्तिम सेटमा भने कीर्गिस्तानले सहज जित निकालेको थियो ।

खेलको पहिलो र दोस्रो सेट समान २५–२० ले आफ्नो पक्षमा पारेको कीर्तिस्तानले तेस्रो सेटमा २५–१५ को जित निकाल्यो ।

प्रतियोगितामा कीर्गिस्तानको यो दोस्रो जित हो । यसअघि कीर्तिस्तानले समूह ‘ए’ को खेलमा बंगलादेशविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो । कीर्गिस्तानले अब पाचौं स्थानको प्लेअफका लागि बंगलादेश र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ ।

यता, माल्दिभ्सले भने सोही खेलमा हार बेहोर्ने टिमसँग सातौं स्थानको लागि खेल्नेछ । माल्दिभ्सले प्रतियोगितामा चार खेल खेल्दा पनि जित निकाल्न सकेको छैन ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro