site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनकपुरबाट सुरु भयो ‘कांग्रेस रुपान्तरण अभियान’

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताले ‘पार्टी रुपान्तरण अभियान’ सुरु गरेका छन् । उनीहरुले आजदेखि अभियानको सुरुआत गरेका हुन् । अभियान्ता भुपेन्द्रजंग शाहीका अनुसार मधेस प्रदेशको राजधानी जनकपुरबाट अभियानको शुभारम्भ भएको हो ।

पार्टीभित्र देखिएको कमजोरी, युवा पुस्तामा पार्टीप्रति देखिएको विकर्षण तथा बदलिँदो राजनीतिक परिवेशमा पार्टीको आगामी भूमिका र रणनीति निर्माणका लागि अभियान सुरु गरिएको बताइएको छ । ग्राउन्डमा पुगेर पार्टीमा आस्था राख्ने साधारण व्यक्तिदेखि पार्टीको विभिन्न संरचनामा रहेका नेता कार्यकर्तासम्म पुग्ने अभियानले उद्देश्य लिएको शाहीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपाली कांग्रेसभित्र देखिएका कमीकमजोरी, विकृति विसङ्गतिको अन्त्य गर्दै पार्टीमा व्यापक सुधार, परिवर्तन र आमुल रुपान्तरणको लागि मेचीदेखि महाकालीसम्म सातै प्रदेशमा बृहत भेला र अन्तरक्रिया गर्न सुरु गरिएको हो,” उनले भने, “यो अभियानले समग्रमा नेपाली कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउनुका साथै रुपान्तरण अभियानले पार्टीमा नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउने छ ।”

No description available.

अभियानमा १४औँ महाधिवेशनमा शेखर कोइराला समूहमा रहेका नेताहरुको सहभागिता रहेको छ । तर, अभियानलाई गुटरहित बनाउने प्रयास भइरहेको नेताहरुले जानकारी दिएका छन् ।

अभियानमा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वर नरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादवलगायत रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्