site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा दुई खर्ब लगानी गर्दै हुन्डाई, विद्युतीय सवारीमा जाेड
Sarbottam CementSarbottam Cement

 

काठमाडौं । दक्षिण कोरियाली अटो कम्पनी 'हुन्डाई'ले भारतको तमिलनाडु राज्यमा दुई खर्ब भारतीय रुपैयाँ लगानी गर्ने भएको छ ।

आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गर्दै कम्पनीले सन् २०२३ देखि सन् २०३२ सम्म १० वर्षको अवधिमा २.४५ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो लगानी विद्युतीय सवारीसाधन र यसको इकोसिस्टम बनाउनका लागि लक्षित छ । यसका लागि हुन्डाई भारतका एमडी एवं सीईओ उन्सु किम र गाइडेन्स तामिलनाडुका सीईओ एवं आईएएस विष्णु वेणुगोपालनबीच मुख्यमन्त्री एमके स्टालिनको उपस्थितिमा एमओयूमा हस्ताक्षर भएको थियो ।

कार्यक्रममा अर्थमन्त्री थङ्गम थेनारसु, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्यमन्त्री टीआरबी राजा, आईएएस कृष्णन एस र अन्य वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो ।

Global Ime bank

कार्यक्रममा उन्सु किमले भने, "हाम्रो दीर्घकालीन दृष्टिकोणको एक हिस्साको रूपमा हामीले तामिलनाडुलाई भारतमा हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारको रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएका छौं। यसले हामीलाई हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न र हाम्रा गाडीहरूमा उत्कृष्ट सुविधाहरू र प्रविधिहरू प्रदान गर्न मद्दत गर्नेछ जसले हाम्रो ग्राहकको आकांक्षालाई पूरा गर्नेछ ।"

यो लगानीबाट हुन्डाईले वार्षिक एक लाख ७८ हजार क्षमताको ब्याट्री प्याक एसेम्बली इकाई स्थापना गर्नेछ । पाँच वर्षको अवधिमा प्रमुख राजमार्गहरूमा प्रमुख स्थानहरूमा १०० वटा चार्जिङ स्टेसनहरू स्थापना गर्नेछ ।

यसमा १५० किलोवाट प्लस ६० किलोवाटका पाँच डुअल अल्ट्रा फास्ट चार्जिङ स्टेसन, १५० किलोवाटका १० सिंगल फास्ट चार्जिङ स्टेसनहरू र ६० किलोवाट डीसीका ८५ फास्ट चार्जिङ स्टेसन समावेश छन् ।

हुन्डाई मोटर इन्डियाले विद्युतीय र आईसीई गरी वार्षिक गाडी उत्पादनलाई आठ लाख ५० हजार युनिटमा पुर्‍याउने लक्ष्य राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC