site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटीलाई बराबरीमा रोक्दा ब्राइटन युरोपा लिगमा छनोट

काठमाडौं । जुलिओ इन्सिसोले उत्कृष्ट गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउँदा म्यानचेस्टर सिटीलाई १–१ काे बराबरीमा रोक्दै रोबर्टो डे जेर्बीको टिमले आगामी सिजनको युरोपा लिगमा स्थान सुरक्षित गरेको छ । १९ वर्षीय पराग्वेका फरवार्ड खेलको पहिलो हाफ हुन सात मिनेट बाँकी रहँदा २५ यार्डको दूरीबाट गोल गरेपछि गणीतिय रुपमा ब्राइटनले प्रिमियर लिगको छैटौं स्थानमा रहँदै सिजन टुंग्याउने सम्भावनालाई निश्चित गरेको हो ।

त्यसअघि खेलको २५औं मिनेटमा फिल फोडेनले गोल गर्दै दुई खेल अगावै प्रिमियर लिगको उपाधि जितेको सिटीलाई अग्रता दिलाएका थिए । ७९औं मिनेटमा एर्लिङ हाल्यान्डले गोल गरे पनि त्यसलाई भिडियो असिस्टेन्ट रेफ्री (भार) खारेज गरेपछि सिटी बराबरीमै सीमित बन्यो । भारको यो निर्णयप्रति सिटीका प्रशिक्षक पेप ग्वार्डिओला आक्रोशित बनेका थिए र पछि उनले रेफ्रीबाट पहेलो कार्डको दर्शन गरेका थिए ।

प्रिमियर लिगको उपाधि रक्षा गरेको सिटीलाई खेलअघि ब्राइटनले ‘गार्ड अफ अनर’बाट सम्मान गरेका थियो । लिगमा सिटीले ३७ खेलबाट ८९ अंक जोडेको छ । समान खेल खेलेको ब्राइटनको ६२ अंक छ । जुन सातौं स्थानमा रहेको एस्टोन भिल्लाभन्दा चार अंक बढी हो । प्रिमियर लिगमा सिजन समाप्त हुन अब अन्तिम एक खेलमात्र बाँकी छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro