site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धौलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

गलकोट । बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार  शल्यक्रिया गरिएको हो । 

धौलागिरि अस्पतालका डा. विनित ढकाल, डा. समिर लामिछाने, डा. प्रमेश थापा, डा. राजन शर्मा, डा. अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिए ।  

Dabur Nepal
NIC Asia

“यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ”, उनले भने । अहिले अस्पातलमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा. प्रधानले बताए ।  

यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौंलगायत ठाउँ जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपीडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro