site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रायो भालेकानोविरुद्धको जितअघि भिनिसियस जुनियरको समर्थनमा रियाल मड्रिड
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरेपछि स्पेनिस ला लिगामा रियाल मड्रिडले रायो भालेकानोलाई बर्नबेउमा २–१ ले पराजित गरेको छ ।

घुँडाको समस्याका कारण भिनिसियस जुनियर टिमबाहिर रहँदा पनि रियाल मड्रिडका सहकर्मीहरुले उनीप्रति समर्थन जनाएका थिए । आइतबार भ्यालेन्सियाविरुद्ध खेल्दा रंगभेदी व्यवहार भएको भन्दै भिनिसियस आक्रोषित र भावुक बनेका थिए । सोही कारण भिनिसियसप्रति समर्थन जनाउन भालेकानोविरुद्ध रियाल मड्रिडका सबै खेलाडी ‘रंगभेद, फुटबलबाट बाहिर’ लेखिएको ब्यानर बोकेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ३१औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । तर, बेन्जेमाको यो अग्रता लामो समय टिक्न सकेन । त्यसको ६ मिनेटपछि नै राउल डे टमसले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएका थिए ।

तर, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा रोड्रिगोले निर्णायक गोल गरेपछि रियालले जित निश्चित गर्यो ।

Global Ime bank

जितसँगै रियाल मड्रिड ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार नै भएको खेलमा एकै सहरको अर्को प्रतिद्वन्दी एट्लेटिको मड्रिड पुछारबाट दोस्रो स्थानमा रहेको स्पान्योलसँग ३–३ को बराबरीमा रोकिएपछि रियाल दोस्रो स्थानमा उक्लिएको हो ।

रियालले ३६ खेलबाट ७४ अंक जोडेको छ । जुन तेस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा एक अंक धेरै हो । समान खेल खेलेको एट्लेटिकोले ७४ अंक जोडेको छ ।

स्पेनिस लिगको उपाधि भने बार्सिलोनाले जितिसकेको छ । बार्सिलोना ८५ अंकसहित शीर्ष स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC