site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘भारतजस्तो टिमसँग खेल्नका लागि स्तरीय प्रशिक्षण पाएनौं’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक यान ब्रान्ड्टले नेपालले राम्रो प्रशिक्षण नपाउनु भारतसँग हार्नुको कारण भएको प्रतिक्रिया दिएका छन् ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्डहलमा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा भारतसँग ३–१ को सेटमा पराजित भयो ।

खेलको पहिलो र दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट भने जितेको थियो । तर, चौथो सेट पुनः भारतले आफ्नो पक्षमा पारेपछि भारतले खेलको नतिजा पनि आफ्नो पक्षमा राख्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलपछि नेपाली टिमका मुख्य प्रशिक्षक ब्रान्ड्टले प्रशिक्षणमा भारतको स्तर टिमसँग खेल्न नपाउनु हारको कारण भएको बताए ।

“हामीले प्रशिक्षण यस स्तरका टिमसँग खेल्न पाएनौं । मैले स्पष्टसाथ भन्नुपर्छ, साढे दुई महिना तयारी गर्दा हामीले आफ्नै टिमका सदस्यसँग र कहिलेकाही केटाहरूसँग खेल्न पायौं,” ब्रान्ड्टले भने ।

Global Ime bank

पहिलो सेटमा १२–२५ ले हारेको नेपाल दोस्रो सेटमा २४–२६ ले पछि परेको थियो । यस्तै, तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दा नेपालले चौथो सेट भने २१–२५ ले नै भारतलाई सुम्पियो । प्रशिक्षक ब्रान्ड्ट नेपाली टिमको यो प्रदर्शनमा सन्तुष्ट देखिए ।

“पहिलो सेटबाहेक खेल राम्रो थियो । पहिलो सेटमा हामीले सबै भुल्यौं । तर, पहिलो सेट खराब भए पनि पुनरागमन गर्न सक्नु राम्रो हो । हामीले त्यस्तो टिमको सामना गर्दै थियौं, जो शारीरिक रूपमा निकै सशक्त थिए,” उनले भने ।

उनले थपे “उनीहरूको सेटर राम्रो थिए, बल निकै राम्रोसँग खेलाइरहेका थिए । हामीले रिसिभमा राम्रो गर्न सकेनौं । दोस्रो सेटमा सारा आएपछि राम्रो खेल्न थाल्यौं । रिसिभमा आत्मविश्वास देखायौं । र, रिसिभमा राम्रो प्रदर्शन पनि गर्यौं । यो टिमसँग खेल्नुअघि हामीले आवश्यकअनुरुपको प्रशिक्षण  पाएनौं ।”

“दोस्रो सेटपछि हामी पनि खेल्न सक्छौँ भन्ने देखायौं । दोस्रो सेटमात्र हैन हामीले तेस्रो सेट र चौथो सेटमा पनि उत्कृष्ट प्रदर्शन गर्यौं । र, यसले पक्कै पनि हामीलाई राम्रो भलिबल खेल्न सक्छौं भन्ने आत्मविश्वास दिन्छ । हामी शारीरिक रूपमा सशक्त टिमसँग पनि राम्रो खेल्न सक्छौं भन्ने देखाएका छौँ ।”

उनले भारतलाई जितमा बधाई दिँदै भारतविरुद्ध नेपाली टिमले समर्पण गरेको बताए ।

“भारतलाई बधाई छ । उनीहरूको टिम निकै राम्रो छ । आशा छ, हामी फाइनलमा भेट्नेछौँ । आजको खेलबाट धेरै कुरा सिके । पहिलो, हामीले भारतसँग सर्भ अझै कडा गर्न आवश्यक छ । हामीले धेरैभन्दा धेरै डाइरेक्ट प्वाइन्ट बनाउन आवश्यक छ, नत्र हामी समस्यामा पर्नेछौँ,” प्रशिक्षक ब्रान्ड्टले भने, “दोस्रो, म रिसेप्सनदेखि सन्तुष्ट छु । हामीले रिसेप्सनको यो स्तरलाई कायम राख्न आवश्यक छ । अरुणा (अरुणा शाही, कप्तान) लाई थाहा छ, उसले अझै छिटो खेल्न पर्छ भन्ने । हामीले भारत र काजकिस्तानविरुद्ध अझ छिटो खेल्नुपर्ने हुन्छ । आजको खेलको सबैभन्दा ठूलो शिक्षा भनेको हामी फाइटर्स भएको प्रमाणित भयो । हामीले समर्पण गरेनौं । प्रत्येक बलमा लड्यौं । हामीले बललाई नियन्त्रणमा राख्यौं, डिफेन्ड राम्रो गर्यौं ।”

यस्तै, नेपाली टिमकी कप्तान अरुणा शाहीले प्रशिक्षकको योजनालाई कार्यान्वायन गर्न नसक्दा खेलको नतिजा आफ्नो पक्षमा राख्न नसकेको बताइन् ।

“आजको हारबाट हामीले धेरै कुरा सिक्यौं । हामीले प्रशिक्षणको बेला यस्तो म्याच खेल्न पाएको भए, प्रतिस्पर्धा गर्न आज अझै सहज हुन्थ्यो होला,” उनले भनिन्, “प्रशिक्षकले बनाएको योजनालाई कार्यान्वायन गर्न सकेको भए हामीलाई सहज हुन्थ्यो खेल्नलाई । प्रशिक्षकका कुरा कतिपय ठाउँमा प्रयोगमा ल्याउन सक्यौं तर कतिपयमा सकेनौं । यसले अलिकति गाह्रो भयो ।”

अरुणाले भारतसँग खेल्दा नेपाली टिमले कुनै पनि किसिमको दबाब महसुस नगरेको बताइन् ।

“हामीले फ्रन्टमा खेल्न नसके पनि डिफेन्डिङ पोजिशनमा योजनाअनुरुप प्रदर्शन देखायौं । भारत भनेर हामीले दबाबमा खेलेनौं । सेमिफाइन प्रवेश गरिसकेकाले फ्रि भएर खेल्यौं । दबाब लिएका थिएनौं । पहिलो सेटमा भारतले अग्रतालाई सहजै फराकिलो हामी तल पर्यौं । होइन भने अरु बेला हामी भारत भनेर दबाबमा आएका थिएनौं । हामी खेल्न सक्छौं भन्ने थियो । पहिले भारत भनेपछि फरक अनुभव हुन्थ्यो, त्यो अहिले हुँदैन,” उनले प्रष्ट्याइन् ।

भारतविरुद्ध प्रतिभा मालीको अभाव कत्तिको खड्कियो भन्ने प्रश्नमा कप्तान अरुणाले आफ्नो भावना रोक्न सकिनन् । उनी केहीबेर मौन रहिन् । अरुणाको मौनता बुझेर प्रशिक्षक ब्रान्ड्टले जवाफ नदिने पनि मिल्ने भन्दै सम्झाउन थाले ।

अरुणा प्रश्नको जवाफ नदिई पोस्ट म्याच प्रेस कन्फेरेन्स हलबाट भक्कानिदै बाहिरिइन् । यसपछि प्रतिभाको बारेमा आएको प्रश्नप्रति पत्रकारसँग केही आक्रोशित बनेका प्रशिक्षक ब्रान्ड्टले टिमबाहिरका खेलाडीको बारेमा सोधेर आफ्नो खेलाडीलाई अफ्ठ्यारोमा नपार्न आग्रह गरे ।

“खेलाडीहरूले जो टिममा छैन उसको बारेमा नसोध, अहिले खेलिरहेका खेलाडीबारे सोध । हामीले यसबारे केही गर्न सक्दैनौं । त्यसैले मेरो खेलाडीहरुलाई समस्यामा नपार,” प्रशिक्षक ब्रान्ड्टले भने ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC