site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘यो मुलुक मेरो हो’ भन्ने बनाउन सकिएन : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ‘यो मुलुक मेरो हो’ भन्ने बनाउन नसकिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दक्ष जनशक्तिको विदेश पलायन बढ्दै गएको भन्दै चिन्ता प्रकट गरे । उनले विद्यालले पनि क्लास निर्माण गरेको भन्दै गरिबका छोराछोरी सरकारी र धनीका छोराछोरी प्राइभेट स्कुलमा पढ्ने अवस्था विद्यमान रहेको बताए ।

“हामीले डाक्टर राख्न सक्छौँ, न हामी इन्जिनियर राख्न सक्छौँ । न युवा, युवतीहरू राख्न सक्छौँ । न भएको विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउ सक्छौँ । खोलेका स्कुलहरूलाई आधुनिक समयको अनुसार बनाउन सक्छौँ,” उनले भने, “हामीले त क्लास डिभिजन गर्छौँ । गरिबका छोराछोरीले सरकारी स्कुलमा पढ्ने, धनीका छोराछोरीले प्राइभेट स्कुलमा पढ्ने । यो मुलुक मेरो हो भन्ने बनाउनुपर्यो नि ।”

उनले सरकाले आफूलाई दिने सहयोग अस्पताल निर्माणमा प्रयोग गर्न पनि अनुरोध गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro