site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जलनको घटनापछि सदनमा चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गत पुसपछि संसद्लाई सम्बोधन गरेका छन् । आगलागीमा घाइते भएपछि लामो समय भारतमा उपचार गराएर स्वास्थ्यमा सुधार भएपश्चात् उनले बुधबार संसद्मा सम्बोधन गरेका हुन् ।

संसद्मा बोल्दै उनले गाउँगाउँमा विज्ञान प्रविधिका उपलब्धि पुर्याए पनि त्यसको प्रयोगबारे सिकाउन नसकिएको बताए । उनले यी विषयहरू पाठ्यक्रम बनाएर लागु गर्नुपर्नेमा जोड दिए ।

Dabur Nepal
NIC Asia

“म पुस ३ गते जलन केसबाट जुन मैले परिवेश बेर्होनुपर्यो, जुन शारीरिक अवस्थामा पुग्नुपर्यो, त्यो अवस्था धेरै नेपालीहरूले भोगिरहनुभएको छ,” उनले भने, “गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो । अहिलेको वर्षमा मेरो आमा थपिँदा १११ पुगेको थियो । यो जलन केस देशभरि फैलिएको छ ।”

सांसद भण्डारीले थपे– “गाउँगाउँमा ग्यास पुग्यो, गाउँगाउँमा बिजुली पुग्यो, गाउँगाउँमा बस पुग्यो । तर हामीले के गर्नुहुन्छ, के गर्नुहुन्न भनेर पाठ्यपुस्तकमा पनि राख्न सकेनौँ । बच्चाहरु विद्यालय जाँदा क्रस कसरी गर्ने, ग्यास कसरी बाल्ने वा बिजुली कसरी बाल्ने ? साना बच्चाहरूले पढ्न पाउँछन् विश्वमा अरू देशहरूमा । तर हाम्रो विज्ञहरू, पाठ्यक्रम निर्माताहरू कसैलाई पनि यसबारेमा ध्यान भएन ।”

जनताको वास्तविक समस्या भने सांसदहरूले पहिचान गर्न नसकेको उनको भनाइ छ । 

“सबैले ठूला ट्रक र डोजरहरू नदीको किनारमा देख्दछन् । तर त्यही नदीको किनारमा एउटा गरिब जनताले बालुवा चालेर गिटी निकालेको, त्यो देख्दैन । त्यही मानिसले भोट दिएर हाम्रो पहिचान बनाएको छ, यहाँ आएर बोल्ने बनाएको छ । तर, हामीले डोजर देख्छौँ तर मत दिनेलाई हामी देख्दैनौँ,” उनले भने ।

उनले आफ्नो उपचारमा सहयोग गर्ने सरकार, शुभचिन्तक, डाक्टर सबैलाई धन्यवाद दिएका छन् । उनले नेपालका स्वास्थकर्मीहरू पनि उच्च क्षमताको भएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro